मन्त्रीपरिषद्को बैठक आज बस्दै
काठमाडौं, २० माघ । मन्त्री परिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे पछि बस्ने छ । आजको मन्त्रीपरिषद्को बैठकमा मन्त्रालयगत काम कारबाहिको समिक्षा तथा स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
बैठकमा निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी थाल्न निर्वाचन आयोगलाई आौपचारीक पत्र दिने तयारी समेत रहेको जनाइएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मोर्चासँग सहमति नजुटे पछि सरकारले वैशाखभित्र निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न आयोगलाई औपचारिक पत्र दिन लागेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८