जन्ती बस र ट्रक ठोक्किँदा एकको मृत्यु
सिराहा, १९ माघ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको सिराहाको चोहर्वामा आज बिहान जन्ती बोकेको बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
घटनामा १२ जना भन्दा धेरै घाइते भएका छन् । उदयपुरको छबिसेका २० वर्षका रोशन सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो।
निश्चल थापा, सानु थापा, प्रभा थापा, सुभाष थापा लगायतको अवस्था गम्भीर रहेको र उनीहरुको विराटनगरस्थित न्यूूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुर कटारीबाट जन्ती लिएर विराटनगरका लागि छुटेको ना ४ ख ७४३३ नम्बरको बसलाई ना ४ ख १७८६ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनापछि केही बाटो अवरुद्ध भएको थियो । बाक्लो हुुस्सु र तीब्र गतिको कारण दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५