बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु
रौतहट, १९ माघ । गएराति रौतहटस्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत धन्सार पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
राति करिब नौ बजे गौरबाट बनेपा तर्फ जादै गरेको ना ४ ख ४२१० नम्बरको बसले काठमाडौंबाट सर्लाही जाँदै गरेको बा ३६ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सर्लाही हेमपुर ९ का ३९ बर्षीय जितेन्द्र मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि बसेका रामेछाप दिमिपोखरी १ का २२ बर्षीय सञ्जीव थापा मगर घाइते भएका छन् । ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३