६३ अंकले बढ्यो सेयर बजार
काठमाडौं, १९ माघ । आज पनि सेयर बजार दोहोरो अंकले बढ्न पुगेको छ । हिजो र आज सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ताहरु पुनः उत्साहित भएका छन् । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ७ करोडले बढ्न पुगेकोछ ।
आज बजार बजार ६२.२३ अंकले बढेर १३८९.८३ अंकमाथि पुगेको छ । आज सबैभन्दा बढी बीमा समूह ३७६ अंकले उकालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक ६४, होटल ४४, विकास बैंक ५६, जलविद्युत ८०, वित्त १९ र उत्पादन समूह २५ अंकले बढेको छ । आज १३७ कम्पनीको सेयर किनबेच भएको बजारमा १८ लाख ३३ हजार ४ सय ४० कित्ता सेयर ६० करोड ६७ लाख रुपैंयामा किनबेच भएका छन् । यसदिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै ८ करोड २२ लाख बराबरको सेयर किनबेच भयो । नेपाल टेलिकमले पनि ६ करोड बढीको कारोबार गरेको छ ।
नेप्सेको हिजो बसेको संचालक समितिको बैठकले तत्काल नेप्सेलार्इ अनलाइन ट्रेडिङमा लैजाने निर्णय गरेपछि यसको सिधा असर सेयर बजारमा देखा परेको हो ।