आफ्नै साथीको छुरा प्रहारबाट उखिराको मृत्यु
मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । रुकुमको बाँफीकोट– १ का २४ वर्षका अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा हिजो मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
६ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए ।
कोठामा दुई जनाबिच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए ।
तीन वर्ष पहिले मलेसिया गएका उनका एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१