राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट अधिकारीबाट वसन्त श्रवण
काठमाडौं, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसर पुगेर वसन्त श्रवण गरेकी छिन् । उनले बिहान ११ बजेर ३५ मिनेटको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् । समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।
नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६