पूर्व विदेश राज्य मन्त्री तथा सांसद ई अहमदको निधन
एजेन्सी, १९ माघ । भारतीय संसदको संयुक्त अधिवेशन चलिरहेकै समयमा अचानक बेहोस भएर ढलेका सांसदको निधन भएको छ । भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा आज बिहानै निधन भएको हो । ७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।
हिजो संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद ई अहमद आफ्नै सीटमा अचानक बेहोस भएका थिए । संसद परिसरमै प्राथमिक उपचारपछि उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो ।
ई अहमद इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष थिए । मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा उनी विदेश राज्यमन्त्री थिए । उनले रेल राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३