चेल्सी र लिभरपुल बराबरीमा
एजेन्सी, १९ माघ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेल्सी लिभरपुलसँग बराबरीमा रोकिएको छ । लिभरपुलको मैदानमा भएको खेलमा १–१ को बराबरीमा रोकिएको चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँगको अंकदूरी ९ पुर्याएको छ ।
२४ औं मिनेटमो डेविड लुइजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जर्जिनियो विनाल्डमले लिभरपुलका लागि बराबरी गोल फर्काए । लिभरपुलका रोबर्टो फिरमिनोले गोल गर्ने दुई वटा सुन्दर मौका गुमाए । यस्तै चेल्सीका डिएगो कोस्टाले खेल सकिन १४ मिनेट बाँकी हुँदा पाएको पेनाल्टीमा गोल गर्न सेकनन् ।
बराबरीपछि लिग लिडर चेल्सीको २३ खेलबाट ५६ अंक भएको छ । चौथो स्थानमा रहेको लिभरपुलको ४६ अंक छ । दोस्रो स्थानको टोटनह्याम चेल्सी भन्दा ९ अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८