आर्सनल वाट्फोर्डसँग पराजित हुँदै तेस्रो स्थानमा झर्यो

भक्तपुर न्यूज

१९ माघ २०७३ ८:४९

आर्सनल वाट्फोर्डसँग पराजित हुँदै तेस्रो स्थानमा झर्यो

एजेन्सी, १९ माघ । आर्सनलको इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का लागेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–१ ले पराजित भएर तेस्रो स्थानमा झरेको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनल सुरुको १३ मिनेट भित्रमै वाट्फोर्डसँग २–० ले पछि पर्‍यो । १० औं मिनेटमा युनेस केबुल र १३ औं मिनेटमा ट्रोय डिनीले गोल गर्दै वाट्फोर्डलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० ले पछि परेको आर्सनलका लागि ५८ औं मिनेटमा एलेक्स इवोबीले एक गोल फर्काए । लुकास पेरेजले प्रहार गरेको बल पोस्टको माथिल्लो भागमा लागेर फर्किएपछि आर्सनलले बराबरी गर्न सकेन । वाट्फोर्डले २८ वर्षपछि प्रमुख प्रतिस्पर्धामा आर्सनललाई हराएको हो । यसअघि सन् १९८८ मा वाट्फोर्डले आर्सनललाई हराएको थियो ।
हारपछि शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी छोट्याउने मौका गुमाएको आर्सनलको २३ खेलबाट ४७ अंक भएको छ ।
गएराति नै भएको खेलमा सन्डरल्याण्डसँग गोलरहित बराबरी खेलेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । टोनटनह्यामको पनि ४७ अंक नै छ तर गोल अन्तरका आधारमा उसले आर्सनललाई पछि पारेको हो । शीर्ष स्थानको चेल्सीको ५६ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *