फागुन १५ सम्म निर्वाचन घोषणा नभए जेठमा स्थानीय निकायको निर्वाचन असम्भव : डा. खडका

भक्तपुर न्यूज

१९ माघ २०७३ ८:३१

फागुन १५ सम्म निर्वाचन घोषणा नभए जेठमा स्थानीय निकायको निर्वाचन असम्भव : डा. खडका

भक्तपुर, १९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासद् डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव नभएको बताएका छन् ।
रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गरे । निर्वाचन आयोगले तीन महिनाअगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताए । उनले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए ।
आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उनले आरोप लगाए । उनले भने, सरकारले जेठभित्र स्थानीय निकायको निर्वाचन गरेर देखाए अर्को आउने मंसिरमा प्रदेशको निर्वाचन गराउन सकिन्थ्यो । तर जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिरमहिना यता निर्वाचन सम्भव छैन् । जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा उनले आक्रोश ब्यक्त गर्दै यदी जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्ने बताए ।
उनले मधेशवादी दलले आफूहरुको सम्पूर्ण माग पूरा नभए निर्वाचन जान्न भन्नु गलत भएको बताए । उनले अधुरो जनादेश बोकेर आउने र जनताले पत्याएनन् भन्ने अनि आप्mना सम्पूर्ण माग पूरा भएन् भने निर्वाचन जान्न भन्नु गैरजिम्मेवार भएको बताए ।
एमालेले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै मधेशवादी दलसँग एमालेले प्रत्यक्ष संवाद गरेर जायज माग पूरा गर्न सक्ने प्रतिबद्धता जनाएर निर्वाचनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । सरकारले तीन तहको निर्वाचन एक वर्षभित्र गरिसक्नुपर्नेमा कुनै तहको निर्वाचन पनि नगर्ने हो भने वर्तमान सरकारको औचित्यमाथि प्रश्नचिन्ह्र खडा हुने विचार राखे । उनले भने, यदी सरकारले काम गर्दै जाँदा आगामी वर्षको ७ माघभित्र संविधानले ब्यवस्था गरेबमोजिम निर्वाचन गर्न नसके केहि समय पर धकेल्न सकिए पनि कामै नगरी सरकारको आयू लम्ब्याउने खेलमा जो कोही सामेल हुन नहुने बताए ।
उनले मधेशवादी दललाई पनि आगामी निर्वाचनमा बहुमत ल्याएर आफू अनुकुल संविधान संशोधन गर्न चुनौती दिर्दै अनावश्यक बखेडा नझिक्न र निर्वाचन घोषणा गरिए आन्दोलनमा उत्रिने कुरा जायज नभएको बताए । उनले सरकारले एमालेलाई साथमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा त्यसो गर्न नसेकोसमेत बताए ।
एमालेले राष्ट्रियताको नारा दिएर कुनै पनि बहानामा सरकारलाई निर्वाचन गर्ने वातावरणमा ब्यवधान ल्याउन नहुने बताउँदै सबै एकजुट भएर संविधान कार्यान्वयनको दिसामा लाग्नुपर्नेमा जोड दिए । उनले आगामी २०७४ माघभित्र निर्वाचन गर्न नसकिए कानुनी जटिलता आउने भएपनि संसदको दुई तिहाई बहुमतले केहि समय पर थप्न सकिनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *