स्थानिय तहको संख्या निर्धारण नहुँदा निर्वाचन अन्यौलमा

भक्तपुर न्यूज

१७ फागुन २०७३ ६:२९

स्थानिय तहको संख्या निर्धारण नहुँदा निर्वाचन अन्यौलमा

भक्तपुर, १७ फागुन । भक्तपुरमा स्थानिय तहको संख्या निर्धारण नहँदा निर्वाचन कार्यालय भक्तपुर फुर्सदिलो बनेको छ । जिल्लाबाट सिफारिस गरि पठाएको नगरपालिकाको संख्या निर्धारण गर्न नसक्दा कार्यालय फुर्सदिलो बनेको हो ।
मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरि पठाउँनु पर्ने स्थानिय तहको संख्या हालसम्म पनि यकिन नहुँदा मतादाता नामावली तथा अद्यावदिक गर्ने काम बाहेक अन्य काम नभएको निर्वाचन अधिकृत उमेश कुमार राई बताउँछन् । उनी भन्छन् स्थानिय तहको संख्या निर्धारण नहँुदा देशै भरका निर्वाचन कार्यालय पनि फुर्सदिलो बनेका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा कूल मतदाता संख्या एक लाख ६२ हजार ८ सय ९९ रहेको छ । १६ वर्षसम्म उमेर समुहको मतदाहरुको नामावली संकलन गरेता पनि १८ बर्ष उमेर समुहले मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने भएकाले संख्यामा कमी आउन सक्ने कार्यालयले जानाकारी दिएको छ ।
जिल्लामा हाल ६ नगरपालिका रहेको छ भने स्थानिय तहको निर्वाचनमा ४ नगरपालिकामा परिणत भए ३८ वडामा निर्वाचन बुथ हुने अधिकृत राईले बताए ।
उनले देशै भरका निर्वाचन कार्यालयमा कार्तिक एकदेखि फागुन नौं गतेसम्म संकलन गरिएको मतदाता नामावलीको अद्यावदिक तथा दाबी बिरोध गर्ने बाहेक अन्य काम नभएको उनी बताउँछन् । सरकारले स्थानिय तहको निर्वाचन गर्ने भए भक्तपुरका जिल्ला निर्वाचन कार्यालय मात्र नभएर देशभरका स्थानिय तहको संख्या निर्धारण गरि रातो किताबमा उल्लेख नगरे समयमा निर्वाचन सम्पन्न गर्न नसकिने जानकारहरु बताउँछन् । भक्तपुरमा सोमबारसम्म ३६ राजनीतिक दलहरुले सहभागति जनाउन निबेदन दिएको कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *