जर्मनीमा आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण
एजेन्सी, १६ फागुन । जर्मनीमा गतवर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको हालै एक प्रतिवेदनले देखाएको छ ।
सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए । घाइते हुनेमा ४३ जना बालबालिका छन् ।
आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ ।
चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकलाई जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुवीकरण बढेको र यसले घृणाको अपराध बढाएको पनि बताइएको छ । यसले आतंककारी आक्रमणको खतरा बढेको विश्लेषण पनि गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२२ फागुन २०८१ १५:२६
कुलमानले सरकारलाई नटेरेकाले शून्य अंक प्राप्त गरे : मन्त्री खड्का
२५ फागुन २०८१ १४:०३
विमानस्थलमा हवाई टिकट भएका यात्रु र स्टाफबाहेक अरूलाई भित्र छिर्ने निषेध
२३ फागुन २०८१ १३:३२
सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किए क्षेत्री
२३ फागुन २०८१ १३:१०
साँखुमा टिपर कोठाभित्र पस्दा तीन जनाको ज्यान ठहरै
२२ फागुन २०८१ ७:३२