दैलेखमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

भक्तपुर न्यूज

१५ फागुन २०७३ ८:२०

दैलेखमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

काठमाण्डौ फागुन १५ । दैलेखी सेवा समाज काठमाण्डौंले दैलेख जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाण्डौंमा बसेको वैठकले काठमाण्डौबाट विशेषज्ञ डाक्टहरुको टोली दैलेखमा लगरे निसुल्क सेवा प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको दैलेखी सेवा समाज काठमाण्डौका अध्यक्ष प्रताव शाहीले जानकारी दिए ।
चैत्रको अन्तिम साता सञ्चालन शिविरमा मुटु रोग सम्बन्धि विरामीहरुलाई वरिष्ठ विशेषज्ञ डाक्टरहरुद्वारा जाँच गराउने पाठेघर र समान्य चिकित्सा सम्बन्धि विरामीहरुलाई जाँच का साथै निःशुल्क औषधी वितरण गर्ने आयोजकले जानकारी दिएको छ । निःशुल्क सञ्चालन गरिने शिविरमा डा अनिल भट्टराई, डा रविन खड्का, डा उपेन्द्र पंडित, डा सोभित थापा, डा सन्देश देवकोटा, डा केशवजंग शाह, डा प्रकाश थापा, डा जगत अधिकारी, डा श्याम खड्का तथा मेडिकल टिमहरु संलग्न रहने जानकारी गराईएको छ ।
वैठकले दैलेखमा निःशुल्क स्वाथ्य शिविर संचालन गर्नका लागि मूल ब्यवस्थापन समिति, आर्थिक संकलन समिति, स्वयं सेवक समिति, प्रचार–प्रसार समितिहरु गठन गरिएको छ ।
हाल सम्म दैलेख जिल्लामा भएका स्वास्थ शिबिरका तुलनमा लाभदायि र रोगीले स्थाथ्य जाँच गराई सक्दो लाभ लिन सक्ने आयोजकले जानकारी दिएको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *