राजदुत न्युक्ति बारे अव चर्चा हुँदैन : देउवा
काठमाडौं १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफरिस पुनर्विचार गर्न नसकिने बताएका छन् । साथै पार्टी केन्दि्रय समितिमा पनि छलफल नहुने बताए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएका छन । जवाफमा सभापति देउवाले राजदूतथ नियुक्तिबारे केन्दि्रय समितिमा अहिलेसम्म छलफल नभएको बताए । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गरे ।
वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग भन्दै देउवासँग लिखित रुपमा माग गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ असोज २०८१ १६:२०
फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश
२१ असोज २०८१ १६:३०
लुम्बिनी विकास बैंकले जित्यो वेष्ट बैंक नेपालसहित पाँच उपाधि
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२१ असोज २०८१ १६:०४