प्रशिक्षक एन्सिलोटीको एक हजार खेलमा म्युनिखको गज्जबको उपहार

भक्तपुर न्यूज

१५ फागुन २०७३ ७:४२

प्रशिक्षक एन्सिलोटीको एक हजार खेलमा म्युनिखको गज्जबको उपहार

एजेन्सी १५ फागुन ।  चर्चित इटालियन प्रशिक्षक कार्लोस एन्सिलोटीको एक हजार खेलमा बुन्डेसलिगा क्लब वायर्न म्युनिखले गज्जबको उपहार दिएको छ। प्रशिक्षकको भूमिकामा शनिवार राती ह्यामवर्गविरूद्धको खेल उनको एक हजार थियो।

जर्मनी लिगको शीर्षस्थानमा रहेको उनको क्लब म्युनिखले ८–० ले विपक्षी टोलीलाई पराजित गर्यो। एन्सिलोटीका लागि पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गर्दै सुन्दर उपहार दिए। लेवान्डोस्कीको लिगमा १९ औं गोल थियो। लेवान्डोस्कीले २४ मिनेटमा पेनाल्टी, ४२ र ५४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। म्युनिखका लागि आर्टुरो भिडालले १७ मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा ३–० को अग्रता बनाएको म्युनिखका लागि दोस्रो हाफको ५६ मिनेटमा डेभिड आलाबा, किङ्सले कोमानले ६५ र ६९ तथा आर्जेन रोबेनले ८७ मिनेटमा गोल गरे।

म्युनिख २२ खेलमा ५३ अंक जोड्दै बुन्डेसलिगाको शीर्षस्थानमा छ। उसलाई दोस्रो स्थानमा पछ्याइरहेको लेप्जिकको २२ खेलमा ४८ अंक छ।  एन्सिलोटीले सन् १९९५ देखि इटालीकै रेगिना क्लबबाट प्रशिक्षणको सुरुवात गरेका थिए। ५६ वर्षीय इटालियन प्रशिक्षक गत सिजनदेखि म्युनिखमा आवद्ध भएका हुन्। यसअघि उनी स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *