ट्रम्पले संवाददाताहरुसँगको सामूहिक डिनर बहिष्कार गरे

भक्तपुर न्यूज

१५ फागुन २०७३ ७:२२

ट्रम्पले संवाददाताहरुसँगको सामूहिक डिनर बहिष्कार गरे

एजेन्सी १५ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँगको सामूहिक डिनर बहिष्कार गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २९ तारिखका दिन हुने ह्वाईट हाउसका संवाददाताहरुको समूहको डिनर बहिष्कारको घोषणा  गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसले गर्दाे राष्टपति ट्रम्प र सञ्चार माध्यमबीचको सम्बन्ध झनै चिसिंदै गएको छ । आफूविरुद्धका आलोचनात्मक समाचारलाई गलत तथा अतिरञ्जित बताउँदै आएका ट्रम्पले लगातार एक पछि अर्को कार्यक्रममा सञ्चार माध्यमको तिखो आलोचना गर्दै आएकाछन् ।

मीडियालाई अमेरीकी जनता र प्रजातन्त्रको शत्रुको दर्जा दिनुभएका ट्रम्पले पछिल्लो पटक ह्वाईट हाउस संवाददाताहरुको डिनर बहिष्कार गर्ने घोषणा गरेपछि सम्बन्ध झनै खराब भएको हो । यसअघि ह्वाईट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पका आलोचक सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको थियो । सिएनएन, बिबिसी, न्यूयोर्क टाईम्स, गार्जीयन, डेली मेल लगायतका विश्वका ठूला र प्रतिष्ठित सञ्चार माध्यमका प्रतिनिधिलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प थप आलोचित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *