गायक प्रकाश कटुवालको तोरिको बोटैमाको भिडियो सार्वजनिक
काठमाडौं, १४ फागुन । चर्चित गायक प्रकाश कटुवालको तोरिको बोटैमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुमधुर स्वरकी गायिका संगम लामिछाने र प्रकाश कटुवालको आवाज मा रहेको लोक दोहरी गीति एल्बम तोरि को बोटैले रिलिजको छोटो समयमा नै चर्चा कमाएको छ ।
लय तथा शब्द स्वयम गायक कटुवालकै रहेको गीतमा राजेश घिमिरेको छयाङकन, शंकर बिसिको निर्देशनमा शंकर बि सी र कृष्मा ढकालको अभिनय रहेको छ ।
नवीन घर्तीमगरले सम्पादन गरेको गीतलाई स्मृति म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
