अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत पराजित

भक्तपुर न्यूज

१४ फागुन २०७३ ९:४५

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत पराजित

एजेन्सी, १४ फागुन । अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत ३ सय ३३ रनले पराजित भएको छ । पहिलो इनिङमा १ सय ५ रनमा अल आउट भएको भारतले दोस्रो इनिङमा पनि १ सय ७ रन मात्र बनाउन सक्यो ।
दोस्रो दिनमा भारतलाई अल आउट गरेर आफ्नो दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलियाले तेस्रो दिनको मध्यसम्ममा सबै विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । ४ सय ४१ रनको लक्ष्य पाएर दोस्रो इनिङ सुरु गरेको भारत तेस्रो दिनमै १ सय ७ रनमा अल आउट भएपछि अष्ट्रेलियाले भारतकै मैदानमा सानदार जित निकालेको हो ।
भारतलाई १ सय ७ रनमै अल आउट गर्न अष्ट्रेलियाका स्टिभ ओकेफेले ६ विकेट लिए । यस्तै नाथन लायनले ४ विकेट लिए । भारतका चेतेश्वर पुजाराले ३१, अजेङ्का रहानेले १८, लोकेश राहुलले १०, विराट कोहलीले १३ रन बनाए । दोस्रो इनिङमा अष्ट्रेलियाका स्टेभेन स्मिथले सतक बनाएका थिए ।
पहिलो दिन टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भएपछि भारतले आफ्नो पहिलो पाली थालेको थियो । पहिलो इनिङमा ४० ओभर १ बलमै भारतले सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाएपछि अष्ट्रेलिया १ सय ५५ रनले अघि थियो ।
पहिलो इनिङमा पनि भारतका लोकेश राहुलले ६४ रन बनाउनुबाहेक अरु खेलाडीले योगदान दिन सकेनन् । पहिलो इनिङमा भारतलाई कम रनमै समेट्न अष्ट्रेलियाका स्टिभ ओकेफेले नै ६ विकेट लिएका थिए । यस्तै भिचेल स्टार्कले दुई साथै जोश ह्याजलउड र नाथन लायनले एक एक विकेट लिएका थिए । भारतले अष्ट्रेलियामा चार टेष्टको श्रृंखला खेल्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *