दक्षिण अफ्रिकालाई एक दिवसीय क्रिकेट श्रृंखलामा २–१ को अग्रता

भक्तपुर न्यूज

१४ फागुन २०७३ ९:४३

दक्षिण अफ्रिकालाई एक दिवसीय क्रिकेट श्रृंखलामा २–१ को अग्रता

एजेन्सी, १४ फागुन । दक्षिण अफ्रिकाले न्युजिल्याण्डसँगको ५ म्याचको एक दिवसीय क्रिकेट श्रृंखलामा २–१ को अग्रता बनाएको छ । वेलिङ्टनमा आज भएको तेश्रो एक दिवसीय क्रिकेट १ सय ५९ रनले जित्दै पाहुना टोली दक्षिण अफ्रिकाले श्रृंखलामा २–१ को अग्रता लिएको हो ।
आजको खेलमा जितका लागि २ सय ७२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३२ ओभर २ बलमा १ सय १२ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका कोलिन डि ग्राण्डहोम्मेले नट आउट ३४ रन बनाए । यस्तै केन विलियम्स २३ रनमा आउट भए । दक्षिण अफ्रिकाका ड्वाइने प्रिटोरियसले तीन, कगिसो रबाडा, जायन पार्नेल, इन्डिल फेलुकायोले दुई दुई साथै इमारान ताहिरले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले ८५ तथा क्वान्टेन डी ककले ६८ रन बनाए । न्युजिल्याण्डका कोलिन डि ग्राण्डहोम्मेले २ विकेट लिएका थिए । चौथो खेल आगामी बुधबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *