मोर्चा स्थानिय तहको निर्वाचनमा सहभागि हुने ः गृह मन्त्री

भक्तपुर न्यूज

१२ फागुन २०७३ ८:४२

मोर्चा स्थानिय तहको निर्वाचनमा सहभागि हुने ः गृह मन्त्री

भक्तपुर १२ फागुन । उप प्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले तोकिएकै समयमा निर्वाचन हुने र त्यसमा मधेशी मोर्चाले समेत भाग लिने बताएका छन् ।
सपरिवार भक्तपुरको पाईलट बाबा आश्रममा आएका निधिले सञ्चारकर्मीसँग कुरा गर्दै संबिधान संसोधनमा एमालेको सहमती नमिल्दा समस्या लम्बियता पनि निर्वाचन भने तोकिएकै समयमा हुने र मधेशी मोर्चा समेत सहभागि हुने बताए ।
संबिधान संसोधन गर्दै मधेशका जायज मागको सम्बोधन गरिनु पर्ने र स्थानिय तहको पुनंसरचानका बारे थप संख्या बढाउने काम समेत स्विकार्य भएकाले समस्या सुल्झदै देश निर्वाचन मय हुने बताए ।
प्रतिपक्षले मधेश र मधेशी जनता प्रति पूवाग्राही नभई राष्ट्रिय हितको बिषयमा उभिएर संबिधान संसोधनको पक्षमा लाग्दै निर्वाचन सम्मपन्न गर्ने तर्फ लाग्नु पर्नेमा निधिले जोड दिए ।
उनले निर्वाचनको बिकल्प नभएको भन्दै सबै पक्ष जसरी भए पनि निर्वाचनमा आउने र लामो समय सम्म रित्त रहेको स्थानिय तहले पूर्णता पाउँदै तोकिएकै समयमा तिनै तहको निर्वाचनको वाताबरण तयार हुने बताए ।
निर्वाचन गराउन निर्वाचन आयोग समेत तत्पर रहेको र कुनै अप्ठेरो अवस्था नरहेको भन्दै मधेशको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्मपन्न हुने बिश्वास ब्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *