युभेन्टसले पोर्टोलाई उसकै मैदानमा हरायो

भक्तपुर न्यूज

१२ फागुन २०७३ ६:३३

युभेन्टसले पोर्टोलाई उसकै मैदानमा हरायो

एजेन्सी, १२ फागुन । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लव पोर्टोलाई उसकै मैदानमा पराजित गरेको छ ।
खेलको दोस्रो हाफको दुई मिनेको अन्तरमा मार्को जाका र ड्यानी आल्भेसले गोल गरेपछि युभेन्टस बिजयी भयो । युभेन्टसले खेलको ७२ र ७४ मिनेटमा गोल गरेका थिए । यसअघि पहिलो हाफको २७औं मिनेटमै ब्राजिलियन एलेक्स टेलेक्स रातोकार्ड खाादै मैदान बाहिरिएपछि पोर्टो दबाबमा आएको थियो । दुवै टोलीविरूद्ध दोस्रो लिगको खेल मार्च १४ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *