राप्रपा केन्द्रिय कार्यसमितको पहिलो बैठक आज
काठमाडौं १२ फागुन । एकता महाधिवेशनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । गत फागुन ६ गतेदेखि सुरु महाधिवेशन सकिएको एक दिनपछि नै नवनिर्वाचित समितिको बैठक बस्न लागेको हो ।
राजधानीको भएको महाधिवेशनले अध्यक्ष सहित ९८ सदस्यीय केन्द्रीय समिति बैठक निर्वार्चित गरेकोमा पार्टी अध्यक्ष कमल थापाले हिजै १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि १ सय १३ सदस्यीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह तीन बजेपछि बस्ने बैठकमा स्थानीय तह निर्वाचनका साथै पार्टीगत धारणा तय गर्ने जनाइएको छ ।
सरकारले आगामी बैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको र निर्वाचन आयोगले समेत चुनाव कार्यतालिका सार्वजनिक गरेपछि निर्वाचनबारे पहिलो बैठकबाटै धारणा बनाउने तयारी भएको राप्रपाका एक नेताले जानकारी दिए । यसैबीच, अध्यक्ष थापाले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ेकाछन् । पार्टी बिधानअनुसार, १ सय ६३ सदस्यीय कार्यसमितिमा पदाधिकारी सहित ६५ जना मनोनयन गर्ने प्रावधान छ ।
पार्टी महाधिवेशन सकिएकै दिन अध्यक्ष थापाले बरिष्ठ नेता सहितलाई मनोनयन गरेका हुन्। दिपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, दिलनाथ गिरी, रामबहादुर सुब्बा, नरेन्द्र चौधरी, रामप्रसाद राय, भिमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेतलाई केन्द्रीय सदस्य मनोनित भएका छन् ।