दललाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौं १२ फागुन । निर्वाचन आयोगले वार्षिक आय व्याय नबुझाउने र बुझाएपनि तोकिएको मिति भित्र नबुझाउने तीस वटा राजनीतिक दलसँग स्पष्टीकरण माग गरेको छ । स्पष्टिकरण सोधिएका दलमा सरकार समर्थित र संसदमा प्रतिनिधित्व गर्ने समेत छन् । आयोगले जरिवाना गर्नु नपर्ने कुनै आधार भए ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।
निर्वाचन आयोगले तोकिएको मितिमा बार्षिक आयव्यय नबुझाउने ३० वटा राजनीतिक दलको नाम सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले सार्वजनिक गरेको दलहरुमा ढिलो गरि वार्षिक आय व्याय विवरण वुझाएका दलमा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी सहित १२ दल र अहिले सम्म विवरण नवुझाएकामा १८ राजनीतिक दल रहेका छन् ।
सरकारलाई सर्मथन गरेको संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट, लगायत दलले पनि आय व्यायको विवरण ढिलागरि बुझाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।