किर्ते कागज बनाउने प्रहरीको फन्दामा
काठमाडौं १२ फागुन । ललितपुर प्रहरीले नक्कली कागजात बनाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ। इमाडोल बस्ने रामबहादुर स्याङतान र काठमाडौं गोकर्णेश्वर बस्ने धड्कन बललाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए।
यातायात व्यवस्था कार्यालय वागमती ललितपुरको कम्पाउण्ड वरपर बसी ठुलो रकम असुल गरी सरकारी किर्ते कागजातहरु उनीहरुले बनाइदिने गरेको उनले बताए। छिटो, छरितो काम गरिदिने विश्वास दिलाई नक्कली सवारी चालक अनुमति पत्र एवं विदेशबाट प्राप्त भएका सवारी चालक अनुमति पत्रलाई समेत नेपालीकरण गर्ने काममा उनीहरु सम्लग्न रहेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
