फिल्म घाटामा गएपछि रोशन संग मागे वितरकले पैसा

भक्तपुर न्यूज

११ फागुन २०७३ १०:११

फिल्म घाटामा गएपछि रोशन संग मागे वितरकले पैसा

एजेन्सी, ११ फागुन । जनवरी २५ बाट प्रदर्शनमा आएको फिल्म ‘काबिल’ नाफामा गएको, फिल्मले सय करोड भन्दा बढी रकम कमाएको जस्ता खबर केहि भारतीय मिडियामा आए । निर्माता राकेश रोशनले पनि फिल्मको व्यापार उत्साहजनक भएको भन्दै सफलता पार्टी नै मनाए ।
तर, अब भने फिल्मका वितरकहरुले उनीबाट घाटाको रकम फिर्ता मागेका छन् । फिल्म प्रदर्शन अगावै निर्माताले भारतमा वितरकलाई फिल्म वेचिदिएका थिए । तर, फिल्म चलेपछि वितरकहरुलाई १५ करोड घाटा भएको छ । जसले गर्दा उनीहरु अहिले राकेशसँग पैसा मागिरहेका छन् ।
फिल्मको रिलिजपछि राकेश रोशनले दैनिक ३ करोड भन्दा बढी रकम बढाएर मिडियामा रिपोर्ट दिएका थिए । अहिले, उनको वास्तविक खेल पर्दाफास भएको छ । ऋतिक रोशन र यमी गौतम अभिनित यो फिल्मले २ दृष्टिबिहिन श्रीमान् श्रीमतिको कथा उठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *