नेपाल प्रहरीका २० डीआईजीको सरुवा
काठमाडौं, ११ फागुन । प्रहरी प्रधान कार्यालयले २० डिआईजीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरको निर्णय अनुसार–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी सरुवा भएका छन् ।
यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा रमेश भट्टराई, मध्यमाञ्चल क्षत्रीय प्रहरी कार्यालयमा गणेश केसी, पश्चिममा मधु पुडाशैली, मध्यपश्चिम विजयलाल कायस्थ, र सुदूरपश्चिममा रुमिन्द्रसिंह देउजा सरुवा भएका छन् ।
यस्तै अख्तियारमा कमल सिंह बम, प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा केशरी राज घिमिरे, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल, विशेष ब्यूरोमा हेमन्त पालको सरुवा भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०