कोहलीको दैनिक कमाइ ६ करोड ४० लाख
एजेन्सी, ११ फागुन । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको दिनप्रतिदिन चर्चा र लोकप्रियता बढ्दो छ। खेलका साथै उनको व्यक्तित्व, फिटनेस र स्टाइलले पनि सधैं चर्चा पाइरहेको हुन्छ। युथ आइकन बनेका विराटको कप्तान बनेपछि ब्राण्ड भ्यालु पनि निकै चुलिएको छ।
उनले हालै पुमा कम्पनीसँग १७६ करोड रुपैयाँको सम्झौता गरेका छन्। विराट अहिले १७ वटा ब्राण्डको प्रचार गरिरहेका छन्। उनी आफ्ना ब्राण्डहरुसँग निरन्तर जोडिरहन चाहने बताइएको छ। अहिले उनको कमाइ दैनिक ६ करोड ४० लाख रुपैयाँ भएको बताइएको छ। एफ एन्ड फेल्प्सले उनको औसत ब्राण्ड भ्यालु करिब १० अर्ब भएको बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
