एथ्लेटिको मड्रिड विजयी
एजेन्सी, ११ फागुन । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको नक आउट चरणको पहिलो खेलमा एथ्लेटिको मड्रिडले बायर लेभरकुसेनलाई ४–२ ले हराएको छ ।
एथ्लेटिको मड्रिडका साउल निगुजले १७ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ औं मिनेटपछि एन्टोनी ग्रिजम्यानले गोल गर्दै मड्रिडको अग्रता दोब्बर बनाए ।
पहिलोहाफसम्म २–० को स्थितीमा रहेको लेभरकुसेन दोस्रो हाफमा निकै आक्रामक देखियो । दोस्रो हाफको सुरु भएको तीन मिनेटमै लेभरकुसेनका करिम बेलराबीले गोल गर्दै गोल अन्तरको दूरी घटाए । एथ्लेटीको मड्रिडका गमिरोले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्याए । त्यसको केही मिनेटपछि नै स्टेफन साविकले लेभरकुसेनका लागि दोस्रो गोल गरे । मड्रिडका लागि अन्तिम तथा चौथो गोल फर्नान्डो टोरेसले ८६ औं मिनेटमा गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०