आप्रवासीलाई निकाल्न ट्रम्पको नयाँ नीति

भक्तपुर न्यूज

११ फागुन २०७३ ७:१४

आप्रवासीलाई निकाल्न ट्रम्पको नयाँ नीति

एजेन्सी ११ फागुन । ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ । साथै १० हजार अध्यागमन कर्मचारी थप्ने भएको छ । मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाउने प्रयासमाथि अदालतले रोक लगाएको छ र, यसको चौतर्फी आलोचना भइरहेकेा छ ।

ट्रम्प प्रशासनले अब गैरकानुनी आप्रवासीलाई उनीहरुकै देशमा र्फकउने गरी नयाँ रणनीति बनाएको छ । नयाँ निर्देशिकाले आप्रपासीहरु सम्वन्धी कानुनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिइएको छ । यसको पहिला निशानामा आवश्यक कागजात विना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासीहरु पर्नेछन् । साथै ट्राफिक नियम उल्लंघन वा चोरीमा संलग्नहरुलाई समेत कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ ।

हृवाइट हाउसका प्रवक्ता एन स्पाइससले आम रुपमा देश निकाला नहुने तर, भएका कानुन कार्यान्वयनमा जोड दिने बताए । देशको सुरक्षालाई जोखिममा पार्न सक्ने वा अपराधिक गतिविधिमा संलग्नहरुलाई उनीहरुकै देश फर्काउने योजना रहेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *