नाम छुटेकाले मतदानमा भाग लिन नपाउने

भक्तपुर न्यूज

११ फागुन २०७३ ६:०९

नाम छुटेकाले मतदानमा भाग लिन नपाउने

काठमाडौं ११ फागुन  । निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकलाई मात्रै आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएकालाई मात्रै मतदानमा भाग लिन लिने निर्णय भएको छ । तर, यसका लागि उसको नाम फोटोसहितको मतदाता नामावलीमा यसअघि नै दर्ता भएको हुनुपर्छ । मंगलबार बसेको आयोगको बैठकले त्यस्तो निर्णय गरेको हो । यसअघिका निर्वाचनमा भने निर्वाचत मिति घोषणापछि अभियानको रुपमा केही समय मतदाता नामावली संकलन गर्ने गरिएको थियो । यसपटक भने आयोगले निर्वाचनको मिति घोषणा गरेकै दिनबाट मतदाता नामावली संकलन बन्द गरेको हो ।

अब ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम लेखाइसकेका नेपाली नागरिकले मात्र बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । निर्वाचन तयारीका लागि पर्याप्त समय बाँकी नरहेकाले यस्तो निर्णय गरिएको आयुक्त नरेन्द्र दाहालले बताएका छन् । यस्तै निर्वाचन आयोगले मंगलबारबाटै मतदाता नामावली संकलनको काम बन्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *