फिलिपिन्समा बस दुर्घटना एक चालकसहित १४ को मृत्यु
एजेन्सी, १० फागुन । फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको हिजो मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।
मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
मृतकमध्ये १० जना विद्यार्थीको घटनास्थलमै र एक जना चालकसहित चार जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घाइते ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा लगिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८