९८ सदस्यहरुका लागि राप्रपामा मतदान सुरु

भक्तपुर न्यूज

१० फागुन २०७३ ५:५५

९८ सदस्यहरुका लागि राप्रपामा मतदान सुरु

१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुका लागि मतदान सुरु भएको छ । महाधिवेशन सुरु भएको पाँचौ दिन आज ९८ जना केन्द्रीय सदस्यका मतदान हुनेछ ।

 

मतदान सकिएपछि सदस्यहरुको मत गणना आजै हुने राप्रपाले जनाएको छ । राप्रपामा ९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जना मैदानमा छन् । मतदानका लागि ५६ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । महाधिवेशनबाट पारित नयाँ विधानअनुसार एक सय ६३ केन्द्रीय सदस्यमध्ये ६० प्रतिशत सदस्य लागि मात्रै निर्वाचनबाट चुनिने छन् । बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य मनोनित हुनेछन् । त्यस्तै २७ जना पदाधिकारी पनि मनोनित हुने छन् ।

सोमबार अध्यक्षका लागि भएको निर्वाचमा कमल थापा विजयी भएका छन् । दुई हजार ८ सय चार मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी प्रदीपविक्रम राणाले दुई सय ५१ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *