निर्वाचन वैशाख ३१ मा
काठमाडौं १० फागुन । मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए।
निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुसार मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। आजै तेस्रोपटक मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेको थियो। यादवले वैशाख ३१ मा चुनाव गर्न सकिने सरकारलाई बताएका थिए। त्यसपछि झन्डै दुई घन्टा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन मिति घोषणा गरेको हो। सरकारले निर्वाचनका लागि आवश्यक रकम दिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ। यसअनुसार १० अर्ब २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ आयोगलाई तुरुन्तै प्रदान गरिनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४