निर्वाचन वैशाख ३१ मा
काठमाडौं १० फागुन । मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए।
निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुसार मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। आजै तेस्रोपटक मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेको थियो। यादवले वैशाख ३१ मा चुनाव गर्न सकिने सरकारलाई बताएका थिए। त्यसपछि झन्डै दुई घन्टा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन मिति घोषणा गरेको हो। सरकारले निर्वाचनका लागि आवश्यक रकम दिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ। यसअनुसार १० अर्ब २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ आयोगलाई तुरुन्तै प्रदान गरिनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
