चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादी सहमत

भक्तपुर न्यूज

८ फागुन २०७३ ६:११

चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादी सहमत

काठमाडौं, ८ फागुन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् । प्रधानन्त्री निवास बालुवाटारमा आज विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, कति घन्टा र समयभित्र हुन्छ म भन्न सक्दिँन । तर, चुनावको मिति घोषणा हुन्छ ।केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार मिति घोषणा अघि स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गरिनेछ । साथै मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या बढ्छ भन्ने बचन दिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *