क्यालिफोर्नियामा आँधीबेहरी आउँदा चारको मृत्यु,

भक्तपुर न्यूज

८ फागुन २०७३ ५:४६

क्यालिफोर्नियामा आँधीबेहरी आउँदा चारको मृत्यु,

एजेन्सी ८ फागुन । अमेरिकाको क्यालिफोर्नियामा केही वर्षयताकै ठूलो आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ । आँधीबेहरीसँगै ठूलो पानी परेका कारण जनजीवन कष्टकर बनेको छ । बाढीका कारण चार जनाको मृत्यु भएको छ । लगातारको वर्षा तथा बाढीका कारण क्यालिफोर्नियाका एक लाख ५० हजार भन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ ।
लस एन्जलस् नजिक पहिरो जान सक्ने जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । अझै तीब्र गतिको हावा चल्ने, ठूलो वर्षा हुने तथा बाढीको खतरा रहेको मौसमविदले बताएका छन् ।
लस एन्जलस् अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सय भन्दा धेरै उडान रद्द भएका छन् । यस्तै मुख्य सडकमार्ग पनि बन्द भएको छ । बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् । उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *