रियल मड्रिडले स्पानियोललाई हरायो
एजेन्सी ८ फागुन । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई २–० ले हरायो ।
रियल मड्रिडको जितमा एल्भारो मोराटा र ग्यारेथ बेलले गोल गरे । ३३ औं मिनेटमा मोराटाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता लिएको रियलका लागि बेलले ८३ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ५२ अंक भएको छ । दुई खेल बढी खेलेको दोस्रो स्थानको सेभिल्लाको ४९ तथा एक खेल बढी खेलको तेस्रो स्थानको बार्सिलोनाको ४८ अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५