चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश
एजेन्सी ८ फागुन । इंग्लिस प्रिमियर लिग लिडर चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको पाँचौं चरणको खेलमा उल्फलाई २–० ले हराएर चेल्सीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
चेल्सीको जितमा पेड्रो र डिएगो कोस्टाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका लागि ६५ औं मिनेटमा पेड्रोले पहिलो गोल गरे । ८९ औं मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो । चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएपनि प्रिमियर लिगको शीर्ष स्थानकै होडमा रहेको म्यानचेस्टर सिटीले भने रिप्ले खेल्नु पर्ने भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६