राप्रपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुदै

भक्तपुर न्यूज

८ फागुन २०७३ ५:२५

राप्रपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुदै

काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन प्रक्रिया अन्तर्गत आज दिउँसो १२ बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।
हिजो पारित नयाँ विधान अनुसार अध्यक्षसहित २५ पदाधिकारीको कार्यसमिति गठन हुनेछ । अधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री र सात सहायक महामन्त्री चयन हुनेछन् । त्यस्तै, एक(एक कोषाध्यक्ष, प्रवक्ता र दुई सहप्रवक्तासहित १६१ जनाको केन्द्रीय समिति रहने छ ।
नयाँ विधानअनुसार पदाधिकारीमा अध्यक्षका लागि मात्रै निर्वाचन हुनेछ । अन्य पदाधिकारीहरु अध्यक्षले मनोनित गर्नेछन् । त्यस्तै, ६० प्रतिशत सदस्यका लागि निर्वाचन हुनेछ भने ४० प्रतिशत मनोनित हुनेछन् ।
नेता प्रकाशचन्द्र लोहनीले भने पदाधिकारीका लागि पनि निर्वाचन हुनुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्षका लागि अहिलेका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुने सम्भावना छ । यसअघि राप्रपाको शीर्ष नेतृत्वले थापालाई अध्यक्ष बनाउने सहमति गरेको थियो । तर नेता लोहनीले सहमतिप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अझै पनि लोहनी सहमतिमा आउने दाबी नेताहरूले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *