प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूबीच वार्ता हुँदै

भक्तपुर न्यूज

८ फागुन २०७३ ५:१९

प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूबीच वार्ता हुँदै

काठमाडौं, ८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता असफल भएपछि निर्वाचनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका नेताहरूलाई आज बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा निर्वाचनको मिति र राजनीतिक सहमति कसरी जुटाउने भन्ने विषयमा कुराकानी हुनेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूसँग प्रमुख राजनीतिक शक्तिहरूसँग मिलेर मात्रै अगाडि बढ्ने प्रस्ताव राख्ने छन् ।
कांग्रेसले तत्काल निर्वाचनको मिति घोषणा गरेर अरु विषयमा क्रमशः सम्वाद गर्दै जान दबाब दिँदै आएको छ ।
हिजो मधेसी मोर्चासँग भएको वार्ता असफल भएपछि प्रधानमन्त्री दाहाल सहमतिविना निर्वाचनको मिति तत्काल घोषणा गर्ने पक्षमा छैनन् । उनले आफ्नो दलका नेताहरूसँग पनि सहमति गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्ने विषयमा परामर्श गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *