इक्वेडरमा आज राष्ट्रिपतीय निर्वाचन हुदै

भक्तपुर न्यूज

८ फागुन २०७३ ५:१३

इक्वेडरमा आज राष्ट्रिपतीय निर्वाचन हुदै

एजेन्सी ८ फागुन । इक्वेडरमा आज राष्टपति पदको लागि निर्वाचन हुदै छ । राष्ट्रपतीय निर्वाचनमा एक करोड २८ लाख मतदाता मतदानमा सहभागि हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आज हुने राष्टपतिय निर्वाचनमा दुइ अलग आर्थिक तथा राजनीतिक धारका विच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा सत्तारुढ प्रगतिशील पिएआइएस पार्टीका लेनिन मोरेनो र क्रिएटिङ अप्परच्यूनिटिज क्रिओ पार्टीसँग आबद्ध पूर्व बैंक कर्मचारी गुल्लेर्माे लास्सोका विच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

यी दुइ उम्मेदवारले आफ्नो चुनावी घोषणपत्रमा अलग अलग मोडलको आर्थिक कार्य योजना प्रस्ताव गरेका छन् । निर्वाचनको पूर्वअनुमानित परिणाम आकलनमा मोरेनो अग्रस्थानमा रहे पनि विजयी हुका लागि आवश्यक पर्ने ५० प्रतिशत बढीको स्पष्ट बहुमत ल्याउने सम्भावना भने कमजोर रहेको छ । इक्वेडर निर्वाचन ऐन अनुसार राष्टपति पदमा विजयी हुनका लागि ५० प्रतिशत भन्दा बढीको स्पष्ट बहुमत वा आफ्नो प्रतिद्धन्द्धीले प्राप्त गरेको मत संख्याको १० प्रतिशतले बढी हुने संख्या सहित खसेको मत संख्याको न्यूनतम ४० प्रतिशत मत प्राप्त गर्नु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *