आगोमा नाच्दै बुढाथोकिको खली सकियो
भक्तपुर, ४ फागुन । २१ औ शताब्दीको यो जमानामा परम्परागत खली हाल्ने परमपरा भक्तपुरमा अझंै कायम छ । विशेष गरी क्षत्री जातीभित्रको विभिन्न थरहरुले यो परम्परा विगतदेखि नै अंगाल्दै आइरहेका छन् ।
सयौं भारी दाउराको चाँग बनाएर आगोको कोइलामाथि टेग्दै खली कोइला निभाएर बायु उत्तार्ने परम्परा कायम रहेको हो । भक्तपुरको ताथली स्थित फैंढोकामा खुलाल बुढाथोकीको धनन्जन्य गोत्रको यसरी नै बायू निकालेर सबैलाई आश्चर्य चर्कित बनाएका छन् ।
कुलको बायु उर्तान १० वर्षका बालकदेखि ५१ वर्षसम्मका मानिसहरु थिए । उनीहरुले आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि बायू आएको मानिन्छ । बायु उर्ताने गुरु सन्तोष कार्कीले यो परम्परा विगतदेखि नै चल्दै आएको बताए । उनले कुलभित्रका कोही ब्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने बताए ।
त्यस्तै सोही कुलका पुराना धामी पुस्कर बुढाथोकीले नयाँ बायु निकालेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने भएकाले यस्तो गर्नुपरेको बताए । गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरेपनि निको नभएको कारण यो समस्या कुल रिसाएकै कारण भएकाले खली हालेर शान्ति मिल्ने भएकाले समेत खली परम्पराले निरन्तरता पाएको बताए ।
परम्परातको निरन्तरता र भावी पिडिलाई जानकारी दिने माध्यम समेत बनेको भन्दै उनले भने खली परम्पराले कुल गोत्रमा शान्तीको वातावरण बनाउनुका साथै सौहार्दता समेत काय गर्न मदत पुगेको बताए ।
आगोको भुग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण धामीहरुका लागि यो सम्भब रहेको उनले बताए ।