​पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

भक्तपुर न्यूज

३ फागुन २०७३ ८:१७

​पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

काठमाडौं, ३ फागुन । नेपाल पत्रकार महासंघको नेतृत्वले आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै कांग्रेससम्वद्ध पत्रकारहरुले तालाबन्दी गरेका छन् । केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि जिल्ला शाखाका अधिवेशन समेत प्रभावित बनेको छ । नेपाल प्रेस युनियनले सदस्यता वितरणमा धाँधली भएको भन्दै सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।
युनियनले तालाबन्दी गरेसंगै जागरण मिडिया सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ, सञ्चारिका समूह नेपाल, मधेसी पत्रकार समाज, राष्ट्रिय अपांग पत्रकार संघ नेपाल, मधेसी पत्रकार संघ र मुस्लिम पत्रकार संघ सम्बद्ध समावेशी सञ्चार अभियानले पनि महासंघको सदस्यता वितरणको पद्दती प्रति असंतुष्टी जनाएको छ ।
तालाबन्दीसँगै आजबाट शुरु भएका प्रदेश नम्बर ४ र ५ का केही जिल्ला शाखाहरुको अधिवेशन पनि अवरुद्ध भएको छ । पत्रकार महासंघले पहिलो चरणमा साबिक पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा अधिवेशन तोकेको थियो । अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधिहरुले लगेको सदस्यता लिष्टमा जिल्लाबाट पठाइएका बाहेक केन्द्रबाट राजनीतिक आस्थाका आधारमा सदस्य थपिएको आरोप युनियनले लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *