इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा रुट

भक्तपुर न्यूज

३ फागुन २०७३ ८:०७

इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा रुट

एजेन्सी, ३ फागुन । इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा जोए रुट चुनिएका छन् ।यसअघिका कप्तान एलेस्टर कुकले राजिनामा दिएपछि नयाँ कप्तानको जिम्मेवारी रुटले सम्हालेका हुन् । रुटको कप्तानीमा इंगल्याण्डले आगामी जुलाइमा साउथ अफ्रिकाविरुद्ध खेल्दैछ ।
सन् २०१२ डिसेम्बरमा भारतविरुद्धको टेष्ट क्रिकेटबाट डेब्यू गरेका उनले ५२ को एभरेजमा ४ हजार ५ सय ९४ रन बनाएका छन् ।
यस्तै २५ वर्षे अलराउण्डर बेन स्ट्रोक्स उपकप्तान भएका छन् । रुट डेब्यू गरेको दिनदेखि नै आफू निकै अब्बल खेलाडी भएको प्रमाणित गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *