आत्मघाती विस्फोटमा परी १३ को मृत्यु
एजेन्सी, ३ फागुन । पाकिस्तानको लाहोरमा तालिवानले गरेको बम विस्फोट परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् । विस्फोटनमा परि मृत्यु हुनेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानुनमा संशोधन गर्न लागेकोमा विरोध प्रदर्श भइरहेको ठाउँमा विस्फोट भएको हो ।
मोटरसाइकलमा आएको आत्मघाती आक्रमणकारी प्रदर्शनकारीको बिचमा छिरेर विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सेनाले गरेको कारवाही अभियानको प्रतिक्रिया स्वरुप विस्फोट गरेको तालीवानीले जनाएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।