बिमा संस्थानको मुनाफा घट्यो
काठमाडौं, २ फागुन । गत बर्ष यसै अवधिमा ५४ लाख मुनाफा कमाएको राष्ट्रिय बीमा संस्थानले यसबर्ष खुद मुनाफा ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ६१ दशमलव १५ प्रतिशतले कम हो ।
९३ लाख रुपैयाँ चुक्ता पूँजी भएको राष्ट्रिय बीमा संस्थानले जगेडाकोषमा ३१ करोड ८५ लाख रुपैयाँ र जीवन बीमाकोषमा १२ अर्ब ४ करोड ४८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ३० दशमलव ८० प्रतिशतले घटेर १ करोड १३ लाख रुपैयाँ पुगेको छ भने खर्च १० दशमलव ५७ प्रतिशतले बढेर ७६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको बीमा शुल्क खुद १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३