चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न सर्वोच्चको अर्को आदेश
काठमाडौं, २ फागुन । सर्वोच्व अदालतले सरकारले आईजीपीमा सिफारिस गरेका जयबहादुर चन्दलाई पदस्थापन नगराउन सरकारलाई अर्को आदेश जारी गरेको छ ।
हिजोमात्र डीआईजी नवराज सिलवालले वरियता क्रम मिचेर सरकारले चन्दलाई आईजीपी बनाएको भन्दै सर्वोच्वमा रिट दायर गरेका थिए । आज सुशीला कार्कीको इजलाशले अल्पकालीन अन्तरिम आदेश दिँदै चन्दलार्इ पदस्थापन नगर्न भनेको हो । हिजो दिएको आदेशलाई पनि अदालतले यथावत राखेको छ ।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, तुलसी भट्ट, अधिवक्ताहरु गोविन्द बन्दी, टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, ऋषिराम घिमिरे लगायतले बहस गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७