राष्टपतिले आज प्रमुख दलसँग छलफल गर्दै
काठमाडौं, २ फागुन । संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन मिति घोषणा, लगायत बिषयमा राजनीतिक दलहरुका विचमा विवाद बढी रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुसँग छलफल गर्दै छिन् ।
शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा भण्डारीले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतालाई बोलाएकी छिन् ।
छलफलमा संविधान कार्यान्वयनमा दलहरुको सहमति, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल हुने राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ । यसअघि बिभिन्न दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल जुट््की राष्ट्रपति भण्डारीले आज भने सामुहिक रुपमा छलफल गर्न लागेकी हुन् ।
संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे दलहरुवीच सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संयुक्त छलफलको आयोजना गरेकी हुन् ।