चेल्सी बर्नलीसँग रोकियो
एजेन्सी, २ फागुन । इंग्लिस प्रिमियर लिगको लिडर चेल्सीले १२ अंकको अग्रता लिने मौका गुमाएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी १२ पुर्याउने मौका गुमाएको हो ।
सातौं मिनेटमा पेड्रोको गोलबाट सुरुवाति अग्रता लिए पनि चेल्सीले जित निकाल्न भने सकेन । घरेलु मैदानमा भएको खेलमा २४ औं मिनेटमा रोबी ब्रेडीले बर्नलीका लागि बराबरी गोल फर्काए । बराबरीपछि शीर्ष स्थानको चेल्सीको २५ खेलबाट ६० अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा १० अंकले अघि छ । बर्नली २५ खेलबाट ३० अंकसहित तालिकाको १२ औं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३