आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

भक्तपुर न्यूज

२ फागुन २०७३ ५:२१

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, २ फागुन । आज फेब्रुवरी १३ तारिक छैटौं विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईने भएको छ। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आयोजनामा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो।
विसं २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भएपनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा नोलमा रेडियो सञ्चालन भएको थियो।
एफएमको रेडियोको प्रसारण भने २०५२ सालदेखि सुरु भयो। अहिले नेपालभर झण्डै ६ सय भन्दा बढी रेडियो सञ्चालनमा रहेका छन् । सबै जिल्लामा रेडियो स्टेशन सञ्चालनमा छन्।
विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको छ। आज रेडियो दिवस मनाउन देशमा हरेक क्षेत्रमा कार्यक्रम आयोजना गरिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *