प्रधानमन्त्री दाहाल चुनावका लागि तयार नभए अर्को चुनावी सरकार बनाउनु पर्यो : नेपाल
रुपन्देही, १ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल चुनावका लागि तयार नभए अर्को चुनावी सरकार बन्ने बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले चुनावी सरकार प्रमुख दलहरुको सहभागितामा बन्ने बताए ।
माओवादी केन्द्रले चुनाव टारीरहेको बताउँदै उनले सत्ता साझेदार नेपाली कांग्रेसले सोच्नु पर्ने बेला आएको बताए ।
चुनावको वातावरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बिचमा भेटवार्ता भएको बताउँदै उनले बोलेको कुरा कार्यान्वयन गर्न सुझाव दिए । उनले प्रधानमन्त्री दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी भइसकेको आरोप लगाए ।
उनले निर्वाचन आयोगले कम्तिमा चार महिना निर्वाचनको तयारीको लागि समय चाहिने बताए पनि प्रधानमन्त्रीले अझै निर्वाचनको मिति घोषणा पनि नगर्ने र निर्वाचन हुन्छ पनि भन्दै हिँड्नु जनतालाई ढाँट्ने काम भएको बताए।